काठमाडौं, २० चैत । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न अन्तरिम आदेश जारी गरेको ।
शुक्रबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन भनेर अन्तरिम आदेश दिएको हो ।
शैक्षिक सत्र सुरु नहुँदै कतिपय विद्यालयहरूले प्रवेश परीक्षा र प्रतिस्पर्धा प्रक्रियामा नाममा सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।