काठमाडौं, २० चैत । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि सुन पसोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।