काठमाडौं, १९ चैत । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ८२ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७८२ दशमलव १८को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर २ हजार ७७६ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार १२ अर्ब १० करोड कारोबार भएकोमा आज ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको काराबार भएको छ । यस दिन २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक किनबेच भएको छ ।
बिहीबार ३२८ धितोपत्र कारोबारमा आए, जसमध्ये १५८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९८ धितोपत्रको मूल्य बढेको छ भने १२ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक घटेको छ । यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै २.५३ प्रतिशतले बढेको भने उत्पादनमुलक समूहको १.७६ प्रतिशतले बढेको छ । विकास बैंक, होटल एण्ड टुरिजम, हाइइ«ोपावर म्युचुअल फण्ड लगानी समूहको उपसूचक १ प्रतिशतभन्दा कमले वृद्धि भएको छ ।
बिहीबार ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । रिज लाइन इनर्जी, रिलायन्स स्पिनिङ्ग मिल्स,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इन रहेका छन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.४२, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको ६.६३ प्रतिशतले शेयर मूल्य बढेको छ । आज भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशत घटेको छ ।