२७ विन्दुमुनि झर्‍यो नेप्से सूचक, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
१८ चैत २०८२
२७ विन्दुमुनि झर्‍यो नेप्से सूचक, कारोबार रकम भने बढ्यो

काठमाडौं, १८ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७४ दशमलव ७३ अंकले घटेर दुई हजार ७७६ दशमलव ३६ बिन्दुमा कायम भएको हो ।

आज ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार सबै समूहको उपसूचक घटेको छ । यसदिन अन्य समूह सर्वाधिक ५ दशमलव ९६ प्रतिशतले ह्रास आएको छ ।

आज विकास बैंक ३ दशमलव ३१, फाइनान्स ३ दशमलव ०३, हाइड्रोपावर २ दशमलव ८१, लगानी २ दशमलव ६७, बैंकिङ २ दशमलव ३१, निर्जीवन बीमा २ दशमलव २२, होटेल तथा पर्यटन २ दशमलव १२, जीवन बीमा २ दशमलव ०२, माइक्रोफाइनान्स १ दशमलव ९९, म्युचुअल फण्ड ९७ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, रिलाइन्स स्पीनिङ मिल्स, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।

यसदिन नेपाल रिइन्सुरेन्स ९ दशमलव ८४, सप्तकोशी डेभलपमेन्ट बैंक ७ दशमलव २८, नेशनल हाइड्रो पावर ७ दशमलव १७, शिव श्री हाइड्रोपावर ७ र हिमाल दोलखा हाइड्रोपावर शेयर मूल्य ६ दशमलव ४१ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस