casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने

अनलाइनसमय |
१८ चैत २०८२
सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने

काठमाडौं, १८ चैत । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले २०८३ साल वैशाख २ गतेदेखि आईपीओ खुला गर्ने जनाएको हो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई वितरण गरिसकेको छ । साथै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारी र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिएको छ ।

अब दोस्रो चरणमा बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । यसको मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ हुनेछ, जसको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति वैशाख ६ गतेसम्म तोकिएको छ ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun