काठमाडौं, ११ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव ४५ अंकले घटेर दुई हजार ९३५ दशमलव ९४ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ४५ धितोपत्रको शेयर मूल्य बढ्दा २१३ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४५ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक बढेको छ ।
आज व्यापार ३ दशमलव ४५ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेको छ ।
यस्तै विकास बैंक २ दशमलव ३२, फाइनान्स २ दशमलव ०९, माइक्रोफाइनान्स १ दशमलव ६४, जीवन बीमा १ दशमलव ३९, निर्जीवन बीमा १ दशमलव १५, अन्य १ दशमलव ७, बैंकिङ १ दशमलव ४, लगानी शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ३४, हाइड्रोपावर शून्य दशमलव १६ र होटेल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स, होटल फरेष्ट इन र भुजुङ्ग हाइड्रोपावर रहेका छन् । को शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
यसदिन अभियान लघुवित्त ७ दशमलव ७४, साल्पा विकास बैंक ६ दशमलव ९९, कर्पोरेट डेभलपमेन्ट बैंक ६ शदमलव ७१, सिन्धु विकास बैंक ६ दशमलव ०९ र माहुली लघुवित्तको शेयर मूल्य ६ दशमलव ०२ प्रतिशतले ह्रास आएको छ ।