३ लाखबाट तल झर्‍यो सुनको मूल्य

अनलाइनसमय |
६ चैत २०८२
३ लाखबाट तल झर्‍यो सुनको मूल्य

काठमाडौं, ६ चैत । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ कायम भएको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस