काठमाडौं, ५ चैत । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
उक्तमध्ये सर्वसाधारणतर्फ छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको छ । यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा उपलब्ध गराइएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आईपीओ निष्काशनअघि गरिएको मूल्याङ्कनमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।