खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

अनलाइनसमय |
४ चैत २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

काठमाडौं, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटनामा परेको छ ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलकाअनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको एयर डाइनेष्टिको हेलिकप्टर हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । उनका अनुसार सबै सवार सुरक्षित रहेका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ भने सुरक्षाकर्मी र स्थानीय घटनास्थलतर्फ खटिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस