काठमाडौं, २ चैत । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ कायम भएको महासंघले जनाएको छ ।