आइतबार बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

अनलाइनसमय |
१ चैत २०८२
आइतबार बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

काठमाडौं, १ चैत । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ४ दशमलव ४५ अंक बढेर २ हजार ८२४ अंकमा कायम भएको हो ।

हिजो १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोड रुपैयाँको भयो ।

१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७४, फाइनान्स शून्य दशमलव २२, हाइड्रोपावर शून्य दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, माइक्रोफाइनान्स शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव १६, अन्य समूहको उपसूचक शून्य दशमलव ०३ प्रतिशत बढेको छ ।

यस्तै लगानी शून्य दशमलव ५४, होटल तथा पर्यटन शून्य दशमलव ६२ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ४६ प्रतिशत घटेको छ ।

चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन रहेका छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो । ग्रिनलाइफ हाइडोपावरको ९ शून्य दशमलव ५३, अभियान लघुवित्तको ५ शून्य दशमलव ३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज दरामखोला हाइड्रो इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला हाइड्रोपावरको ५ शून्य दशमलव १८, थ्रीस्टार हाइड्रोपावरको ३ शून्य दशमलव ३५, हिमस्टार ऊर्जाको शेयर मूल्य ३ शून्य दशमलव ३० प्रतिशत मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस