पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, १९ लाख २६ हजारको हात खाली

अनलाइनसमय |
२९ फागुन २०८२
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, १९ लाख २६ हजारको हात खाली

काठमाडौं, २९ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आज (शुक्रबार) आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।
बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार सो शेयरमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए, जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन सदर भएका थियो भने बाँकी आवेदन रद्द भएका थियो ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन् भने १९ लाख २६ हजार ७०५ आवेदकको हात खाली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस