काठमाडौं, २८ फागुन । सोलु हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई निष्काशन गरिएको २ करोड कित्ता र संस्थापक शेयरधनीको ८ करोड कित्ता शेयर समावेश छन् ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यस रेञ्जभित्र आगामी आइतबार (चैत १ गते) हुने प्रि–ओपन सेसनमा पहिलो कारोबार सम्पन्न भएपछि नियमित कारोबार सुरु हुनेछ ।