२१ प्रतिशतले बढ्यो वैदेशिक अध्ययन खर्च, सात महिनामा ७७.५७ अर्ब बाहिरियो

अनलाइनसमय |
२८ फागुन २०८२
२१ प्रतिशतले बढ्यो वैदेशिक अध्ययन खर्च, सात महिनामा ७७.५७ अर्ब बाहिरियो

काठमाडौं, २८ फागुन । पछिल्लो सात महिनामै वैदेशिक अध्ययनका लागि साढे ७७ अर्बभन्दा बढी रकम विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति चालू आव २०८२/८३ को सात महिनाको तथ्याङ्कअनुसार वैदेशिक अध्ययनका लागि ७७ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको छ, जुन गत गत आवको माघसम्मको तुलनामा २१ दशमलव ०१ प्रतिशतले बढी हो । आव २०८१/८२ को दुई महिनामा शिक्षातर्फको भ्रमण व्यय ६४ अर्ब १० करोड रुपैयाँ थियो ।

शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब २१ अर्ब २७ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आवको भदौको तुलनामा ५ दशमलव १४ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा यस्तो खर्च १ खर्ब १५ अर्ब ३४ करोड रहेको थियो ।

चालू आवको माघसम्ममा खुद सेवा आय ५० अर्ब १६ करोडले घाटामा रहेको छ । गत आवको सोही महिनामा खुद सेवा आय ३६ अर्ब १७ करोडले घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च २ दशमलव ३ प्रतिशतले ह्रास भई ४७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आवको माघसम्ममा यस्तो आय ४९ अर्ब २८ करोड रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस