होटल फरेस्ट इनको शेयर कारोबार सुरु, पहिलो मूल्य कति ?

अनलाइनसमय |
२८ फागुन २०८२
होटल फरेस्ट इनको शेयर कारोबार सुरु, पहिलो मूल्य कति ?

काठमाडौं, २८ फागुन । होटल फरेस्ट इन लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएसँगै स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएको छ । उक्त सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०१ रुपैयाँ ७० पैसामा किनबेच भएको हो ।

कम्पनीको शेयर हिजो फागुन २७ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीले सर्वसाधारणलाई जारी गरेको आईपीओ तथा संस्थापक समूहको लगानीसहित २ करोड कित्ता शेयर नेप्सेमा दर्ता गरिएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९० रुपैयाँ ६५ पैसादेखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ्ग रेञ्ज निर्धारण गरेको थियो । सोही मूल्य दायराभित्र आज स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस