काठमाडौं, २५ फागुन । शेयर बजारमा आज पुनः सकारात्मक सर्किट लागेको छ । बजार ५ प्रतिशतले बढेपछि दोस्रो पटक कारोबार रोकिएको हो ।
यसअघि बजार खुलेको एक मिनेटमै ४ प्रतिशतले बढेर पहिलो पटक सर्किट लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पुनः कारोबार सुरु भएपछि पनि बजारमा तीव्र उत्साह देखिँदा नेप्से सूचक ५ प्रतिशतले बढ्दै दोस्रो पटक सकारात्मक सर्किट लागेको हो । अब ४० मिनेटका लागि स्थगित भएको छ ।