२७ सयमाथि उक्लियो नेप्से सूचक, ६ अर्ब १३ करोडको कारोबार

अनलाइनसमय |
१९ फागुन २०८२
२७ सयमाथि उक्लियो नेप्से सूचक, ६ अर्ब १३ करोडको कारोबार

काठमाडौं, १९ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ३८ दशमलव ५२ अंकले बढेर दुई हजार ७१२ दशमलव ४९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २५४ धितोपत्रको शेयर मूल्य बढ्दा ६ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार व्यापार (शून्य दशमलव ८८ प्रतिशत) बाहेक सबै समूहको उपसूचक बढेको छ ।

यसदिन हाइड्रोपावर २ दशमलव १३, माइक्रोफाइनान्स १ दशमलव ६६, बैंकिङ १ दशमलव ६४, विकास बैंक १ दशमलव ५९, लगानी १ दशमलव ५२, उत्पादन तथा प्रशोधन १ दशमलव ४९, फाइनान्स १ दशमलव ४३, निर्जीवन बीमा १ दशमलव ११, होटेल तथा पर्यटन १ दशमलव ६, जीवन बीमा १ दशमलव ०५, अन्य १ दशमलव ०३ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव २२ प्रतिशतले बढेको छ ।

आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पञ्चकन्या माइ हाइड्रोपावर ९ दशमलव ८९, रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव ८२, मेलुङ हाइड्रोपावर ६ दशमलव १८ र लक्ष्मी लघुवित्तको शेयर मूल्य ६ दशमलव ०९ प्रतिशतले बढेको छ ।

यसदिन शुवम् पावर २ दशमलव ५३, सिदार्थ लगानी ग्रोथ १ दशमलव ७५ र आरबीबी म्युचुअल फण्ड (१)को शेयर मूल्य १ दशमलव ७४ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस