काठमाडौं, ११ फागुन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर दुई हजार ६१६ दशमलव ९७ बिन्दुमा कायम भएको हो ।
आज १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ११३ धितोपत्रको शेयर मूल्य बढ्दा १४० को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार फाइनान्स शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, बैंकिङ शून्य दशमलव २८, विकास बैंक शून्य दशमलव ९, अन्य शून्य दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छ ।
यसैगरी म्युचुअल फण्ड शून्य दशमलव ४१, होटेल तथा पर्यटन शून्य दशमलव ३५, हाइड्रोपावर शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव २२, माइक्रोफाइनान्स शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६ र व्यापार समूहको उपसूचक शून्य दशमलव २ प्रतिशतले घटेको छ ।
आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव २८, मेगा म्युचुअल फण्ड ६ दशमलव १९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ६ दशमलव १ र नेपाल एसबीआई बैंकको शेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
यसदिन एनआएबीएल समृद्वी फण्ड ४ दशमलव ८१, मेलुङ हाइड्रोपावर ४ दशमलव ४२, कालिका लघुवित्त ३ दशमलव ९८, माइ खोला हाइड्रोपावर ३ दशमलव ५१ र सिटिजन्स म्युचुअल फण्डको शेयर मूल्य ३ दशमलव २४ प्रतिशतले ह्रास आएको छ ।