गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने

अनलाइनसमय |
११ फागुन २०८२
गरिमा क्यापिटलले फागुन २८ गतेदेखि गरिमा सुवर्ण योजना निष्काशन गर्ने

काठमाडौं, ११ फागुन । गरिमा क्यापिटल लिमिटेडले यही फागुन २८ गतेदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गर्न लाागेको हो, जसमध्ये ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

यो एक खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई यस पश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ ।

सो योजनामा न्यूनतम १०० इकाई र अधिकतममा ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा चैत १२ गतेसम्म लम्बिनेछ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस