काठमाडौं, ६ फागुन । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।