काठमाडौं, ५ फागुन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अंकले घटेर दुई हजार ६४२ दशमलव १५ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ४२ धितोपत्रको शेयर मूल्य बढ्दा २१४ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५४ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
आज म्युचुअल फण्ड शून्य दशमलव ४८ र व्यापार समूहको उपसूचक शून्य दशमलव २२ प्रतिशतले बढेको छ ।
यसैगरी फाइनान्स २ दशमलव ११, हाइड्रोपावर १ दशमलव ६३, होटेल तथा पर्यटन १ दशमलव १९, विकास बैंक १ दशमलव १८, जीवन बीमा शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ७५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, अन्य शून्य दशमलव ५८, लगानी शून्य दशमलव ४८, बैंकिङ शून्य दशमलव ४५ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।
आज साल्पा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रिलाइन्स स्पीनिङ मिल्स ९ दशमलव ६४, बुद्व भुमी नेपाल हाइड्रोपावर ८ दशमलव ३९, त्रिशुली जल विद्युत् ६ दशमलव ३१ र आराम्भ चौतारी लघुवित्तको शेयर मूल्य ५ दशमलव ९५ प्रतिशतले बढेको छ ।
यस्तै सुपर माइ हाइड्रोपावर शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै सिटिजन्स सन्तुलित योजना ८ दशमलव ३, अपर सिङ्गे हाइड्रोपावर ७ दशमलव ०१, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ७१ र नेशनल हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव २६ प्रतिशतले ह्रास आएको छ ।