काठमाडौं, ५ फागुन । कक्षा १२ को फाइनल परीक्षा यस वर्ष बैशाख १४ गतेबाट सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै विद्यार्थी र अभिभावकलाई जानकारी गराएको हो ।
विभिन्न संकाय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।

