काठमाडौं, ५ फागुन । नेपाली बजारमा मंंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।