काठमाडौं, ५ फागुन । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओ खरिदका लागि कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९९२ आवेदन सदर भएको छ भने बाँकी आवेदन बदर भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये एकजनाले थप १ कित्ता शेयर पाएका छन् ।
बाँडफाँट नतिजाअनुसार सदर आवेदकमध्ये २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ । नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, सीडीसीएसीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सकिनेछ।