काठमाडौं, ४ फगुन । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।