काठमाडौं, ४ फागुन । होटल फरेष्ट इनको आइपीओ बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले कम्पनीको आइपीओको बाँडफाँट सम्पन्न गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत माघ २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गरेको थियो ।
उक्त निष्काशनमा २६ लाख ६० हजार ४५२ जनाबाट कुल २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । प्राप्त आवेदनमध्ये २३ लाख ७१ हजार ३१५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् ।
माग अत्यधिक परेपछि गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो । जसअनुसार ३ लाख ३२ हजार आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।