काठमाडौं, २९ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।