काठमाडौं, २९ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८ दशमलव ९७ अङ्कले बढेर दुई हजार ६७१ दशमलव ०७ बिन्दुमा कायम भएको हो ।
आज २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार विकास बैंक १ दशमलव १८, हाइड्रोपावर शून्य दशमलव ९७, लगानी शून्य दशमलव ६२, जीवन बीमा शून्य दशमलव ४९, फाइनान्स शून्य दशमलव ३५, बैंकिङ शून्य दशमलव ३४ म्युचुअल फण्ड शून्य दशमलव २१ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन १ दशमलव ६५, अन्य शून्य दशमलव २६, निर्जीवन बीमा शून्य दशमलव १४, व्यापार शून्य दशमलव ०९ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।
आज मध्य भोटेकोशी जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै रसुवागढी हाइड्रोपावर ९ दशमलव ९८, खानीखोला हाइड्रोपावर ७ दशमलव ०२, श्रीनगर एग्र्रीटेक इन्डस्ट्री ६ दशमलव २९ र सञ्जेल जलविद्युत्को शेयर मूल्य ६ दशमलव १ प्रतिशतले बढेको छ ।
यसैगरी कालिङञ्चोक दर्शन ७ दशमलव ५९, सिदी पावर ३ दशमलव ४७, बन्दीपुर केवलकार एण्ड टुरिजम ३ दशमलव ४१, सिंगटी हाइड्रो इनर्जी ३ दशमलव २५ र एनआईबीएल ग्रोथ फण्डको शेयर मूल्य २ दशमलव ८६ प्रतिशतले ह्रास आएको छ ।