पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने

अनलाइनसमय |
२८ माघ २०८२
पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, २८ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आगामी फागुन १२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने ढिलोमा फागुन २६ गते हुनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस