काठमाडौं, २७ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ६६२ दशमलव १४ बिन्दुमा कायम भएको हो ।
आज २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
आज व्यापार शून्य दशमलव ५२ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव १९ प्रतिशतले बढेको छ ।
यसैगरी विकास बैंक १ शदमलव १५, फाइनान्स शून्य दशमलव ९२, जीवन बीमा शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६५, निर्जीन बीमा शून्य दशमलव ६१, लगानी शून्य दशमलव ५४, माइक्रोफाइनान्स शून्य दशमलव ४९, होटेल तथा पर्यटन शून्य दशमलव ४८, अन्य शून्य दशमलव ३५, हाइड्रोपावर शून्य दशमलव २५ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।
आज कालिञ्चोक दर्शन ६ दशमलव ३६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट ५ दशमलव १८, आरबीबी फोकस ४, आत्मनिर्भर लघुवित्त ३ दशमलव ९९ र एनआईबीएल ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ५ दशमलव २४, माई खोला हाइड्रोपावर ४ दशमलव ६३, सुपर म्यादी हाइड्रोपावर ४ दशमलव २७ र लिबटी इनर्जीको शेयर मूल्य ३ दशमलव ७४ प्रतिशतले ह्रास आएको छ ।