काठमाडौं, २७ माघ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा नौ सय रूपैयाँ बढेको हो ।
यससँगै आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँ पुगेको छ । हिजो प्रतितोला तीन लाख चार सय ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।