HONOR X9d को ऐतिहासिक सफलता : पहिलो दिनमै १,०००+ युनिट बिक्री

अनलाइनसमय |
२३ माघ २०८२
HONOR X9d को ऐतिहासिक सफलता : पहिलो दिनमै १,०००+ युनिट बिक्री

काठमाडौं, २३ माघ । HONOR नेपालले हालै सार्वजनिक गरिएको नयाँ स्मार्टफोन HONOR X9d को पहिलो दिनमै १,००० भन्दा बढी युनिट बिक्री गर्दै ऐतिहासिक बिक्री कीर्तिमान कायम गर्न सफल भएको छ।

यो उत्कृष्ट प्रतिक्रिया नेपाली उपभोक्ताहरूको HONOR ब्रान्डप्रतिको बढ्दो विश्वास, उत्साह तथा नवीन प्रविधिमा आधारित स्मार्टफोनप्रतिको आकर्षणको स्पष्ट प्रमाण हो। शक्तिशाली प्रदर्शन, उद्योगस्तरको अग्रणी मजबुती (ड्युरेबिलिटी) तथा प्रिमियम विशेषताहरू प्रदान गर्न डिजाइन गरिएको HONOR X9d छोटो समयमै आफ्नै सेग्मेन्टमा अग्रणी विकल्पका रूपमा स्थापित भएको छ।

पहिलो दिनमै प्राप्त भएको यो उल्लेखनीय सफलता HONOR नेपालका लागि हालसम्मकै सबैभन्दा बलियो उत्पादन लन्चहरूमध्ये एक मानिएको छ। यसले नेपालका आधुनिक प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दा, उच्च प्रदर्शनयुक्त र नवप्रवर्तनमा आधारित डिभाइसहरू उपलब्ध गराउने HONOR को दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस