casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

फागुन ४ गतेदेखि आईपीओ ल्याउँदै सुपर खुदी हाइड्रोपावर

अनलाइनसमय |
२३ माघ २०८२
फागुन ४ गतेदेखि आईपीओ ल्याउँदै सुपर खुदी हाइड्रोपावर

काठमाडौं, २३ माघ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओको बाँडफाँट सम्पन्न गरिसकेर दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । त्यसैगरी ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँडफाँट भइसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि ३१ हजार कित्ता शेयर सुरक्षित गर्दै बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

आईपीओमा आवेदन दिन इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा फागुन १० गते बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएमा ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun