काठमाडौं, २२ माघ । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव १९ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७०८ दशमलव ७० को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ६४ अङ्कले घटेर २,६८१ को बिन्दुमा कायम भएको थियो ।
आज नेप्सेमा आएको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ३२ करोड कारोबार भएकोमा आज ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता शेयर १ लाख ८ हजार ८१७ पटक किनबेच भएको छ ।
बिहीबार ३२६ धितोपत्र कारोबारमा आए, जसमध्ये २०१ धितोपत्रको मूल्य बढेको छ । त्यस्त ५५ धितोपत्रको मूल्य घटेको छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन निर्जीवन बीमा र अन्य समूहको उपसूचक (समान) सबैभन्दा धेरै १.९८ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावरको १.६६, लगानी समूहको १.२३, जीवन बीमाको १.११, विकास बैंकको ०.९२, उत्पादनमुलक समूहको ०.७४, म्युचुअल फण्डको ०.५४, बैंकिङको ०.५६, फाइनान्सको ०.४८ र होटेल एण्ड टुरिजम समूहको उपसूचक ०.२२ पैतिशतले बढेको छ ।
बिहीबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा कालिञ्चोक दर्शन लिमिटेड, मोदी इनर्जी लिमिटेड र सुपर माई हाइड्रोपावर रहेका छन् । त्यस्तै, रिदी पावर कम्पनीको ९.९७, घलेम्दी हाइड्रोको ९.६५ र नेपाल माइक्रो इन्स्योरेन्सको ७.२२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । त्यस्तै, माया खोला हाइड्रोपावरको ३.७८, पीपुल्स वावरको ३.३८ र हिमस्टार उर्जाको २.७५ प्रतिशतले शेयर मूल्य घटेको छ ।