काठमाडौं, २२ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।