आजदेखि होटल फरेष्ट इनको आईपीओ खुल्यो

अनलाइनसमय |
२२ माघ २०८२
आजदेखि होटल फरेष्ट इनको आईपीओ खुल्यो

काठमाडौं, २२ माघ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस