तोलामा १४ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२१ माघ २०८२
तोलामा १४ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २१ मघ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबा भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस