काठमाडौं, २० माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ५८ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ८३ दशमलव १५ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १ दशमलव ५३ अङ्कले बढेर २६९५ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सोमबार ८ अर्ब २२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक किनबेच भएको छ ।
मंगलबार ३२२ धितोपत्र कारोबारमा आए, जसमध्ये १९० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६६ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.९ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावरको ०.९७, बैंकिङ समूहको ०.६३, विकास बैंकको ०.६१, लगानी समूहको ०.५१, जीवन बीमाको ०.३९, व्यापारको ०.४६, माइक्रोफाइनान्सको ०.४२, निर्जीवन बीमाको ०.३५ र अन्य समूहको उपसूचक ०.५६ प्रतिशतले घटेको छ ।
होटेल एण्ड टुरिजमको १.७९, म्युचुअल फण्ड १ रउत्पादनमुलक समूहको उपसूचक ०.३७ प्रतिशतले बढेको छ ।
मंगलबार कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, पञ्चकन्या माई हाइड्रोको ५.१५, रवा इनर्जीको ४.८७, एसवाई प्यानलको ४.८४ र सिटी होटेलको ४.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सान्भी इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ४.६३ प्रतिशतले घटेको छ । त्यस्तै, पियोर इनर्जीको ४.५९, शिव श्री हाइड्रोपावरको ४.०४ र हिमाल दोलखा हाइड्रोपावरको ३.५७ प्रतिशतले शेयर मूल्य घटेको छ ।