काठमाडौं, १५ माघ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ५३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ९५ दशमलव ७३ को बिन्दुमा बन्द भएको छ । आइतबार परिसूचक १९ दशमलव ८५ अङ्कले घटेर २६९४ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक किनबेच भएको छ ।
सोमबार ३३० धितोपत्र कारोबारमा आए, जसमध्ये १३४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ११४ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ५ वटा समूहको उपसूचक बढ्दा बाँकी समूहको घटेको छ । होटेल एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादनमुलक समूहको १.४५ विकास बैंकको ०.७२, निर्जीवन बीमाको ०.१९ र व्यापार समूहको उपसूचक ०.२ प्रतिशतले बढेको घ ।
यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै ०.८९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमाको ०.३५, लगानी समूहको ०.१९, माइक्रोफाइनान्सको ०.१६, हाइड्रोपावरको ०.१३, म्युचुअल फण्डको ०.१०, बैंकिङको ०.०९ र अन्य समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।
सोमबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्यानल, श्रीनगर एग्रोटेक इन्डस्ट्रीज र हिमस्टार उर्जा रहेका छन् । त्यस्तै, सान्भी इनर्जीको ९.९४, बन्दिपुर केबलकारको ९.९३, ट्रेड टावरको ८.९४, दरमखोला हाइड्रोको ७.२४ र सिन्धु विकास बैंकको ६.८६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज मिथिल्ला लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५.५३, शिव श्री हाइड्रोको ५, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ४.०५ र हिमाल दोलखा हाइड्रोपावरको २.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।