अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

अनलाइनसमय |
१८ माघ २०८२
अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, १८ माघ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले ५२ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

यसका लागि आज (आइतबार) मध्यान्ह २ बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रू. १० करोड रुपैयाँ र बढीमा रू. ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत ११ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस