३.६ गुणाले बढ्यो चिउरा निर्यात, १२ देशमा १६.१४ करोडको व्यापार

अनलाइनसमय |
१६ माघ २०८२
३.६ गुणाले बढ्यो चिउरा निर्यात, १२ देशमा १६.१४ करोडको व्यापार

काठमाडौं, १६ माघ । पछिल्लो एक वर्ष अवधिमा नेपालबाट हुने चिउरा निर्यात ३ दशमलव ६ गुणाले बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुसमसान्तसम्म १६ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको ३७९ मेट्रिक टन चिउरा निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २६५ दशमलव ८२ प्रतिशतले बढि हो । गत आवको ६ महिनामा नेपालबाट ४ करोड ४१ लाख ३९ हजार रुपैयाँ बराबरको १४९ टन मात्रै चिउरा निर्यात भएको थियो ।

पछिल्लो ६ महिना अवधिमा विश्वका १२ वटा देशमा चिउरा निर्यात भएको छ । सो अवधिमा अष्ट्रेलियामा सबैभन्दा धेरै ८ करोड ३७ लाख मूल्य बराबरको १५९ मेट्रिक टन निर्यात भएको छ । गत वर्षको सोही अवधिमा यो मुलुकमा २ करोड ९८ लाख रुपैयाँ बराबरको चिउरा निर्यात भएको थियो ।

त्यस्तै, चालू आवको पुससम्ममा क्यानडामा २ करोड २० लाख रुपैयाँको ४७ मेट्रिक टन, ईटालीमा १ करोड ६४ लाखको ५७ टन, अमेरिकामा १ करोड २० लाख रुपैयाँको २३ टन र मेलिेसियामा १ करोड ७ लाखको १९ मेट्रिक टन चिउरा निर्यात भएको छ ।

त्यसैगरी, जापानमा ५३ लाख ३३ हजार रुपैयाँको ३६ हजार किलो, पोल्याण्डमा ४८ लाख ७९ हजारको १३ हजार किलो, स्पेनमा २५ लाख ३८ हजारको ७ हजार ९०० किलो, यूएईमा २२ लाख ६३ हजारको ६ हजार ४०० किलो, दक्षिण कोरियामा ९ लाख ९८ हजारको साढे ६ हजार किलो, सिङ्गापुरमा ३ लाख ५५ हजारको ११ सय किलो र हङकङमा १ लाख २८ रुपैयाँ बरारको १४ सय किलो चिउरा निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस