बिहीबार १७.५३ अङ्कले घट्यो नेप्से, बढ्यो कारोबार

अनलाइनसमय |
१५ माघ २०८२
बिहीबार १७.५३ अङ्कले घट्यो नेप्से, बढ्यो कारोबार

काठमाडौं, १५ माघ । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ५३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७ सय १४ दशमलव ०५ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक ५ दशमलव ३८ अङ्कले बढेर २७३१ को बिन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ११ अर्ब ४९ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १ लाख ३८ हजार ८८३ पटक किनबेच भएको छ ।

बिहीबार ३२० धितोपत्र कारोबारमा आए, जसमध्ये १७० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८५ धितोपत्रको मूल्य बढेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । विकास बैंक समूहको उपसूचक २.२२ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादनमुलक समूहको २.१२, फाइनान्सको १.७५, होटेल एण्ड टुरिजमको १.२९, निर्जीवन बीमाको ०.६८, जीवन बीमाको ०.६३, माइक्रोफाइनान्सको ०.६०, बैंकिङ समूहको ०.४७ र अन्य समूहको उपसूचक १.१४ प्रतिशतले घटेको छ ।

यस दिन म्युचुअल फण्डको ०.३६, हाइड्रोपावरको ०.३८, र लगानी समूहको उपसूचक ०.३८ प्रतिशतले बढेको छ ।
बिहीबार हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ । त्यस्तै, शिभश्री हाइड्रोपावरको ९.१९, कालिका पावरको ८.३२, रवा इनर्जीको ७.४६ र सुभम् पावरको ५.९२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कर्पाेरेट डिभलपमेण्ट बैंक, मिथिल्ला लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सान्भी इनर्जीको ९.८५, दरमखोला हाइड्रोपावरको ९.३८, एसवाई प्यानलको ९.०१ र हिमस्टार उर्जाको ८.७० प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस