९.४३ प्रतिशतले घट्यो कार्पेट तथा गलैँचा निर्यात

अनलाइनसमय |
१५ माघ २०८२
९.४३ प्रतिशतले घट्यो कार्पेट तथा गलैँचा निर्यात

काठमाडौं, १५ माघ । पछिल्लो एक वर्ष अवधिमा कार्पेट तथा गलैँचा निर्यात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८२/८३ को ६ महिनामा नेपालले ५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ४३ प्रतिशते कम हो । गत आवको पुस मसान्तसम्ममा ६ अर्ब २४ करोड ९१ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।

सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ । चालू आवको मंसिरसम्ममा ३ अर्ब ११ करोड १ लाख रुपैयाँ बरबरको नेपाली कार्पेट तथा गलैँचा अमेरिकातर्फ निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ६ दशमलव २७ प्रतिशतले कम हो । गत आवको पहिलो ६ महिनामा अमेरिकामा ३ अर्ब ३१ करोड ८३ लाखको यस्तो वस्तु निर्यात गरिएको थियो ।

अमेरिकापछि २८ करोड ९२लाख लाख मुल्य बराबरको कार्पेट जर्मनीमा निर्यात भएको छ । त्यस्तै, . फ्रान्समा २५ करोड ५१ लाखको, बेलायतमा २३ करोड ३८ लाखको, इटालीमा १९ करोड ९६ लाखको र बेल्जियममा १२ करोड २२ लाख रुपैयाँ बराबरको कार्पेट तथा गैलैँचा निर्यात भएको छ ।

यसैगरी, चालू आवको पुससम्ममा ३७ करोड ८२ लाख रुपैयाँको यी वस्तु आयात गरिएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस