काठमाडौं, १४ माघ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ३८ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय ३१ दशमलव ८९ को बिन्दुमा बन्द भएको छ । मंगलबार परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर २७२६ को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेपनि कारोबार रकम पनि घटेको छ । मंगलबार १४ अर्ब १६ करोडको कारोबार भएकोमा आज घटर ११ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर १ लाख २१ हजार ९९२ पटक किनबेच भएको छ ।
बुधबार ३३४ धितोपत्र कारोबारमा आए, जसमध्ये १४१ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १२२ धितोपत्रको मूल्य घटेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक घटेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १ दशमलव २१ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावरको १, उत्पादनमुलक समूहको ०.४१, अन्य समूहको ०.३०, व्यापार समूहको ०.२२, म्युचुअल फण्डको ०.२५, विकास बैंकको ०.१४ र होटल एण्ड टुरिजम समूहको उपसूचक ०.०५ प्रतिशतले बढेको छ ।
यस दिन लगानी समूहको उपसूचक ०.१६, माइक्रोफाइनान्सको ०.१४, विकास बैंकको ०.१०, जीवन बीमाको ०.०९र निर्जीवन बीमा समूहको उपसूचक ०.०७ प्रतिशतले घटेको छ ।
बुधबार कर्पाेरेट डिभलपमेण्ट बैंक र आँखु खोला जलविद्युतको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मिथिल्ला लघुवित्तको ९.५१, पीपुल्स पावरको ९.२२, बुद्धभूमी नेपाल हाइड्रोपावरको ९.०४, श्री इन्भेष्टमेण्ट फाइनान्सको ८.४० र त्रीशुली जलविद्युतको ७.४३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज नारायणी डिभलपमेण्ट बैंकको शेयर मूल्य ४.६० प्रतिशतले घटेको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको २.६६, अपर स्याङ्गे हाइड्रोको २.६०, सामुदायिक लघुवित्तको २.३६ र सनराइज ब्लुचिप फण्डको २ दशमलव ३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।