काठमाडौं, १३ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ३४ धितोपत्रको शेयर मूल्य बढ्दा २२४ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३३३ धितोपत्र कारोबारमा आएका छन् ।
मंगलबार म्युचुअल फण्ड (शून्य दशमलव ०१) बाहेक सबै समूहको उपसूचक घटेको छ । यसदिन फाइनान्स समूह सर्वाधिक २ दशमलव ५१ प्रतिशतले घटेको छ ।
यसैगरी जीवन बीमा १ दशमलव ९९, होटेल तथा पर्यटन र अन्य समुहको समान १ दशमलव ८८, उत्पादन तथा प्रशोधन १ दशमलव ८३, निर्जीवन बीमा १ दशमलव ७७, माइक्रोफाइनान्स १ दशमलव ५१, बैंकिङ १ दशमलव ४७, लगानी १ दशमलव ९, विकास बैंक १ दशमलव ७, हाइड्रोपावर १ दशमलव ५ र व्यापार समूहको उपसूचक शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक ८ दशमलव ५६, दरमखोला हाइड्रो इनर्जी ८ दशमलव ४१, माया खोला हाइड्रोपावर ८ दशमलव ३६, कर्पोरेट डेभलपमेन्ट बैंक ६ दशमलव ५७ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ७९ प्रतिशतले बढेको छ ।
यस्तै क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ७ दशमलव २५, ओम मेगाश्री ६ दशमलव ९३, ट्रेड टावर ६ दशमलव ६६, झापा इनर्जी ६ दशमलव २५ र थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ९४ प्रतिशतले ह्रास आएको छ ।