सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

अनलाइनसमय |
१३ माघ २०८२
सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं, १३ माघ । नेपाली बजारमा गत शुक्रबार सुन तोलामा ३ लाख नाघ्यो, सोही दिनदेखि नै सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी भएको चाँदी आज ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस