सोमबार २१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अनलाइनसमय |
११ माघ २०८२
सोमबार २१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं, ११ माघ । सरकारले सोमबार (भोली) २१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आइतबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दै अल्पकालीन ऋण परिचालनको औजार ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने लागिएको जनाएको छ ।

कार्यालयले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई ट्रेजरी बिल खरिदका लागि आह्वान गरेको छ । सूचना अनुसार कूल रकममध्ये १६ अर्ब रुपैयाँ बराबरको पुरानै ट्रेजरीको नवीकरणमार्फत उठाइनेछ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरीमार्फत उठाइँँनेछ ।

सरकारले ट्रेजरी बिल, नागरिक बचतपत्र, वैदेशिक रोजगारपत्र र विकास ऋणपत्रमार्फत आन्तरिक ऋण परिचालन गर्ने गर्छ । चालु आर्थिक वर्षको बजेटमार्फत करिब साढे ५ खर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन सार्वजनिक ऋणमार्फतनै गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस