कर्णाली प्रदेशसभाकोे हिउँदे अधिवेशन माघ १८ गतेदेखि

अनलाइनसमय |
९ माघ २०८२
कर्णाली प्रदेशसभाकोे हिउँदे अधिवेशन माघ १८ गतेदेखि

काठमाडौं, ९ माघ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ ।

अधिवेशन आह्वानका लागि शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी माघ १८ गते आइतबार दिनको १ बजे प्रदेशसभा बैठक बस्ने गरी अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।

यसअघि छैटौँ अधिवेशन गत साउन २१ गते अन्त्य भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस