काठमडौं, ९ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँ नाघेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, जुन आज नै तोडिएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार भने सुन घटेर प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६ हजार नाघेको छ । बिहीबार प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।