काठमाडौं, ५ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको छ, यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस ३० गते २लाख ७८ हजारमा कारोबार हुँदै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
यसैगरी अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।चाँदीको यो मूल्य पनि हालसम्मकै महङ्यो हो । यसअघि गत पुस ३० मै चाँदी ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।